काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले समसामयिक विषयमा छलफल गर्न भन्दै मन्त्रीपरिषद बैठक डाकेको उनको सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमार्फत केही महत्त्वपूर्ण निर्णय हुने बताइन्छ। यस्तै केही निकायमा नियुक्तिको निर्णय समेतको सम्भावना रहेको बताइन्छ। तर सो बारे कुनै खुलासा गरिएको छैन।
यसअघि प्रधानमन्त्री शाहले आजै उद्योगी ब्यवसायीहरुसँग छलफल गरेका थिए।



