मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कहाँकहाँ छन् सडक अवरुद्ध?

कहाँकहाँ छन् सडक अवरुद्ध?

images
२०८३ आषाढ २४ गते, बुधवार
२०८३ आषाढ २४ गते, बुधवार
  • काठमाडौँ। देशभर भइरहेको अविरल वर्षा र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएको छ।

    images

    नेपाल प्रहरीले सार्वजनिक गरेको बुधबार बिहान साढे ८ बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द छन्।

    images

    कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भए पनि हाल त्यहाँ एकतर्फी यातायात संचालनमा छ।

    यसैगरी बागमती प्रदेशमा बिपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा बाढीको सम्भावना रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    यस्तै मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड असार २५ गतेसम्मका लागि पूर्ण रूपमा बन्द छ। ललितपुरको पाङदुरमा पहिरो खसेका कारण कान्ति लोकपथ पनि ठप्प भएको छ।

    गण्डकी प्रदेशको म्याग्दी जिल्लामा दुई स्थान, बैसेरी र घुमाउने भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोरमा पनि बाढीका कारण सडक अवरुद्ध भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend