मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दर्ता नगरिएका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको परिपत्र

दर्ता नगरिएका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको परिपत्र

images
२०८३ आषाढ २३ गते, मंगलवार
२०८३ आषाढ २३ गते, मंगलवार
  • काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले तीनै तहका सरकारलाई दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न तथा कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ।

    images

    नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा.दिपेन्द्र पाण्डेले मंगलबार एक परिपत्र जारी गर्दै परिपत्रमार्फत खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, सबै स्थानीय तहका स्वास्थ्य शाखालगायतलाई पत्राचार गर्दै देशभरका धेरै स्वास्थ्य संस्थालाई (तीनै तहका सरकार) लाई यस्तो आग्रह गरेका हुन्। 

    images

    परिपत्रमा काउन्सिलमा प्राप्त उजुरी, गुनासा, सूचनाहरु तथा स्थलगत अनुगमनका क्रममा देशभरका धेरै स्वास्थ्य संस्थाहरू कानुन बमोजिम संचालन अनुमति नलिइ संचालनमा रहेको पाइएको भनिएको छ। त्यस्ता संस्थाहरूलाई तत्काल पहिचान गरि बन्द वा कारबाहीको दायरामा ल्याउन भनिएको छ।

    यसैगरी संचालन अनुमति प्राप्त केही स्वास्थ्य संस्थाहरूमा समेत तोकिएको न्युनतम भौतिक पुर्वाधार, उपकरण र योग्य दर्तावाल जनशक्तिको अभाव देखिएको पत्रमा भनिएको छ। त्यस्ता संस्थालाई सुधारका लागि निर्देशित गर्न तथा निर्देशित गर्दा पनि सुधार नियमानुसार कारबाही गर्न भनिएको छ।

    यस्तै स्वास्थ्य संस्था स्थापना र सञ्चालनको अनुगमन गर्ने अधिकारक्षेत्र भएका निकायलाई आफ्नो कार्यक्षेत्रभित्र सक्रिय अनुगमन गर्न काउन्सिलले अनुरोध गरेको छ।

    नागरिकको स्वास्थ्य अधिकार, बिरामीको सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक समन्वय र प्राविधिक सहकार्य गर्न काउन्सिल प्रतिबद्ध रहेको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend