मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`टेरामक्स´ प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले पाए सफाइ

`टेरामक्स´ प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले पाए सफाइ

images
२०८३ आषाढ २२ गते, सोमवार
२०८३ आषाढ २२ गते, सोमवार
  • काठमाडौँ। टेरामक्स खरिद प्रकरणमा आरोपित पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्।

    images

    विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता बस्नेतलाई सफाइ दिएको हो। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएको हो।

    images

    विशेष अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई भने सोही प्रकरणमा दोषी ठहर गरेको छ। उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर भएको हो।

    विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै ठहर गरेको हो। अदालतले झालाघई थप ६ महिना कैद सजाय सुनाएको छ। उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष भएकोले थप सजायको राय तयार पारेको हो।

    तर प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ लगायत १९ जना प्रतिवादीहरूले भने सोही प्रकरणमा सफाइ पाएका छन् । यस्तै, परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्सुलाई पनि अदालतले सफाई दिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend