मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिवि उपकुलपतिमा नियुक्त प्रा.डा थापाले सम्हाले जिम्मेवारी

त्रिवि उपकुलपतिमा नियुक्त प्रा.डा थापाले सम्हाले जिम्मेवारी

images
२०८३ आषाढ २२ गते, सोमवार
२०८३ आषाढ २२ गते, सोमवार
  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त प्रा.डा भोला थापाले पदभार ग्रहण गरेका छन्।

    images

    प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ (२) बमोजिम गठित समितिको सिफारिस अनुसार सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए।

    images

    नविनयुक्त उपकुलपति प्रा.डा थापाले सोमवार कीर्तीपुर स्थित उपकुलपतिको कार्यालायमा पदभार ग्रहण गरेका हुन्। काठमाडौं विश्वविद्यालयको उपकुलपति समेतको जिम्मेवारी सम्हालिसकेका उनी प्राज्ञिक क्षेत्रमा प्रतिष्ठित मानिन्छन।

    उनले नेपालमा उच्च शिक्षा र अनुसन्धानको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

    काठमाडौं विश्वविद्यालयमा रजिस्ट्रार र इन्जिनियरिङ संकायका डीनसहित थुप्रै महत्त्वपूर्ण नेतृत्वदायी पदहरूमा रहेर उत्कृष्ट योगदान गरेका नवनियुक्त उपकुलपति प्रा.डा थापाले हाइड्रोलिक मेसिनरी र ऊर्जा प्रणाली क्षेत्रमा दक्ष विद्वानको समेत ख्याति प्राप्त गरेका छन्।  प्रा.डा थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीवाट विद्यावारिधि उपाधि प्राप्त गरेका छन्।

    पदभार ग्रहणकार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उनले भौतिक तथा मानविय स्रोतसाधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोगमार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित गर्न समर्पित भएर लाग्ने प्रतिवद्बता व्यक्त गरे।

    पदभार कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा सुशील बहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा.डा शंकर प्रसाद खनाल एवं निमित्त रजिष्ट्रार प्रा.डा महानन्द चालिसे लगायत विभिन्न अध्ययन संस्थान तथा संकायका डीनहरु, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरु, निर्देशकहरु, महाशाखाका प्रमुखहरु लगायत प्राध्यापक, कर्मचारीहरुका साथै विद्यार्थीहरु समेत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend