मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`बर्ड फ्लू´ सङ्क्रमण देखिए पनि सुरक्षित उपाय अपनाउँदा आत्तिनु नपर्ने

`बर्ड फ्लू´ सङ्क्रमण देखिए पनि सुरक्षित उपाय अपनाउँदा आत्तिनु नपर्ने

images
२०८३ आषाढ २२ गते, सोमवार
२०८३ आषाढ २२ गते, सोमवार
  • काठमाडौँ। नेपालका विभिन्न ११ जिल्लामा बर्ड फ्लू (बर्ड फ्लु) को सङ्क्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाइएको जनाएको छ।

    images

    कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको भन्दै सुरक्षित उपाय अपनाउँदा आत्तिनु पर्ने अवस्था नरहेको बताए। उनले सबैलाई सतर्क भने रहनु पर्ने सुझाए।

    images

    महानिर्देशक दाहालले बर्डफ्लु रोग विशेषगरी जङ्गली पन्छी, अन्य चराचुरुङ्गी तथा कागबाट सर्ने भएकाले व्यावसायिक रूपमा पालिएका कुखुरालाई सुरक्षित राख्न, बाहिरी चराहरूलाई आफ्नो फार्मको नजिक आउन वा प्रवेश गर्न नदिन विभागले सम्पूर्ण कुखुरा पालक व्यवसायीहरूलाई अनुरोध गरेको बताए।

    फार्मको जैविक सुरक्षा नै यस रोगबाट बच्ने र व्यवसाय जोगाउने सबैभन्दा उत्तम उपाय भएको उनको भनाइ छ।

    हालसम्म देशका ११ जिल्लाहरू झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्डफ्लूको सङ्क्रमण देखिएको छ।

    विभागको तीव्र सक्रियताका कारण झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा यो रोग सुरुमै पुष्टि भइ नियन्त्रणमा आइसकेको दाबी छ।

    रोग नियन्त्रण कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ (कन्ट्रोल रूम) समेत स्थापना गरिएको छ।

    सङ्क्रमण देखिएका स्थानहरूमा सङ्घ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा द्रुत गतिमा ‘बर्डफ्लू रोग नियन्त्रण अभियान’ सञ्चालन भइरहेको छ। जसका कारण बाँकी रहेका क्षेत्रमा पनि रोग चाँडै नियन्त्रणमा आउने दाहालले विश्वास व्यक्त गरे।

    यसैगरी, पशु क्वारेन्टाइन कार्यालयहरूले पनि सीमा नाका तथा सम्भावित क्षेत्रहरूमा उच्च सतर्कता अपनाएका छन्। रोग भित्रिन नदिन सुरक्षा निकायको सहयोगमा अवैध रूपमा पैठारी गरिएका तथा शङ्कास्पद पन्छीहरूलाई आफ्नो फर्ममा प्रवेश नगराउन अनुरोध गरिएको छ।

    पन्छीबाट मानिसमा सङ्क्रमण फैलिन नदिन र आम नागरिकलाई सचेत बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि विशेष सचेतना चलाइरहेको छ।

    यस्तै मन्त्रालयले सर्वसाधारणको मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्न सुरु गरेको छ। मोबाइल फोन गर्दा बज्ने यो उपयोगी सन्देशले आम नागरिक र किसानलाई रोगका लक्षण र यसबाट बच्ने उपायबारे सजग गराउन मद्दत पुर्याएको दाहालले बताए।

    पछिल्लो समय प्रविधिको प्रयोग गरेर जनचेतना फैलाइएकाले किसानहरूले पनि थप जिम्मेवार र सजग बन्नुपर्ने विभागले जनाएको छ।

    विभागले फार्ममा नियमित निसङ्क्रमण गर्ने, अपरिचित व्यक्ति वा गाडीलाई फार्ममा प्रवेश नदिने र कुखुरामा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव दिएको छ।

    सरकारले नियन्त्रणका सम्पूर्ण उपायहरू तदारुकताका साथ अगाडि बढाएकाले सही सूचनाको पालना गर्दै उपभोक्तालाई स्वस्थ उत्पादन बजारमा पुर्याउम विभागले अपिल गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend