मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल बनाउने

कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल बनाउने

images
२०८३ आषाढ २१ गते, आइतवार
२०८३ आषाढ २१ गते, आइतवार
  • काठमाडौँ। नेपाली कांग्रेसले १५ औं महाधिवेशनलाई पुर्ण रुपमा डिजिटल बनाउने बताएको छ।

    images

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आइतबार बसेको बैठकले १५ औं केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको हो।

    images

    बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन अर्थात पेपरलेस प्रविधि वा इ.भि. एम. प्रविधिलाई प्राथमिकताका साथ अगाडी वढाउने निर्णय गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

    बैठकले निर्वाचन प्रक्रिया शुरु भइसकेपछि निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने भएकोले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा वाहेक निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

    यसैगरी निर्वाचन कार्यमा काठमाण्डौ उपत्यकाभित्र रहेका काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत, त्यसैगरी उक्त जिल्लाहरु अन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका एवं नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा महिला कानुन व्यवसायीहरुलाई खटाउने निर्णय पनि गरेको छ।

    यस्तै निर्वाचन कार्यमा स्वयंसेवकको रुपमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेशागत समुहलाई आह्वान गरी रोष्टर तयार गर्ने र रोस्टरमा रहेका व्यक्तिहरुलाई अभिमुखीकरण कार्यक्रममा संलग्न गराई निर्वाचन अधिकृतको रुपमा खटाउने निर्णय पनि भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend