मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

संविधान संशोधन बहसपत्र सम्बन्धि प्रतिवेदन असार भित्रै प्रधानमन्त्रीलाई बुझाइने

संविधान संशोधन बहसपत्र सम्बन्धि प्रतिवेदन असार भित्रै प्रधानमन्त्रीलाई बुझाइने

images
२०८३ आषाढ २१ गते, आइतवार
२०८३ आषाढ २१ गते, आइतवार
  • काठमाडौँ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ।

    images

    कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले असार भित्रै कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाउने जानकारी दिएका हुन्।

    images

    सञ्चारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र असार मसान्तभित्र प्रतिवेदन बुझाउने तयारीमा रहेको भन्दै अगाडि भने, “कार्यदलले काम गरिरहेको छ। हामीले सरोकारवाला विभिन्न पक्ष, संविधानविद् र राजनीतिक दलहरूसँग छलफल गरेका छौँ। अब लगभग प्रतिवेदन लेखनको चरणमा छौँ। असार मसान्तभित्रै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छौँ।”

    कार्यदल आवश्यक तयारी पूरा गरी हाल प्रतिवेदन लेखन (ड्राफ्टिङ) को अन्तिम चरणमा प्रवेश गरेको छ।

    प्रतिवेदनलाई पूर्णता दिन कार्यदलले पूर्वराष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, संविधानविद् र सम्बन्धित सरोकारवाला निकायहरूसँग विस्तृत छलफल र सुझाव सङ्कलन गरिसकेको छ।

    वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि १३ चैतमा बसेको पहिलो मन्त्रीपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची सार्वजनिक गर्नुका साथै मुलुकको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधारलगायत विषयमा संविधान संशोधनसम्बन्धी राष्ट्रिय सहमति निर्माण गर्न ‘संविधान संशोधन बहसपत्र’ तयार गरिने उल्लेख गरेको थियो।

    तत्कालीन मन्त्रीपरिषद्को निर्णय अनुसार देशको शासकीय सुधार, निर्वाचन प्रणाली र दीर्घकालीन राजनीतिक सुधारका लागि ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न गत १६ चैतमा यो कार्यदल गठन गरिएको थियो।

    सरकारले १६ चैतमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको थियो।

      

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend