बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विपदजन्य घटना : ८१ दिनमा १२७ जनाको मृत्यु

विपदजन्य घटना : ८१ दिनमा १२७ जनाको मृत्यु

images
२०८३ आषाढ २० गते, शनिवार
२०८३ आषाढ २० गते, शनिवार
  • काठमाडौँ। यस वर्ष अर्थात २०८३ सुरु भएयताको ८१ दिनमा (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा परेर १२७ जनाको ज्यान गएको छ।

    images

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो ८१ दिनको अवधिमा कुल दुई हजार ७२१ विपदजन्य घटनामा परेर १२७ जनाको मृत्यु भएको हो।

    images

    प्राधिकरणका प्रवक्ता शान्ति महतले सो अवधिमा ७७३ जना भने घाइते भएको तथा तीन हजार ७२२ परिवार प्रभावित भएको जानकारी दिइन्।

    प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा यो अवधिमा सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको उल्लेख छ। यस्तै ३७५ जना घाइते भएका छन्।

    यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङ्का २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएको तथ्यांक छ।

    यस्तै सो अवधिमा सबैभन्दा बढी घटना आगलागीका भएका छन्। आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।

    यसैगरी जनावरको आक्रमणका १४७ घटनामा १४ जनाको मृत्यु हुँदा ८२ जना घाइते भएका छन् भने हावाहुरीका ४७४ घटना भएकोमा ती घटनामा परेर १३ जनाको मृत्यु तथा ६७ जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ 

    यस्तै बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जनाएको छ।

    प्रवक्ता महतका अनुुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न २७ जिल्लामा ३१ वटा विपदका घटना भएको र ती विपदमा परेर एक जनाको मृत्यु भएको तथा १५ जना घाइते भएका छन्।

     

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend