मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दिउँसो मेघगर्जनसहित मध्यम, राति धेरै भारी वर्षाको सम्भावना

दिउँसो मेघगर्जनसहित मध्यम, राति धेरै भारी वर्षाको सम्भावना

images
२०८३ आषाढ २० गते, शनिवार
२०८३ आषाढ २० गते, शनिवार
  • काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावका कारण हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

    images

    हाल बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।‌

    images

    आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी   प्रदेशका  तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल लाग्नेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

    यस्तै कोशी, मधेश र बागमती प्रदेशका पहाडी  भू-भागका केही, तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको थोरै  स्थानमा भारी देखि धेरै भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend