काठमाडौँ। मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो।
सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले आठ जना एआईजीहरुको सरुवा गरेको जानकारी दिए।
जसअनुसार एआईजी राजन अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज सरुवा भएको छ। डा.मनोज कुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा भएको छ। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा थिए।
यसैगरी एआईजी सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा गरिएको छ भने सुशील सिंह राठौरलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ।
अर्का एआईजी उमाप्रसाद चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) पुर्याइएको छ भने हिमालयकुमार श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग नक्साल पठाइएको छ।
यसैगरी एआईजी डम्मर बहादुर विश्वकर्मालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रसासन विभाग, नक्साल तथा ईश्वर कार्कीलाई नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, नक्साल सरुवा गरिएको छ।
यस्तो छ सरुवा सूची :





