मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अब सबै अस्पताल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य

अब सबै अस्पताल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य

images
२०८३ आषाढ १७ गते, बुधवार
२०८३ आषाढ १७ गते, बुधवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ।

    images

    परिवार कल्याण महाशाखा, टेकुबाट मंगलबार जारी परिपत्रमा स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आकस्मिक अवस्थामा सहज रूपमा स्तनपान गराउन आवश्यक वातावरण सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको उल्लेख छ।

    images

    स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. मदन कुमार उपाध्यायद्वारा जारी परिपत्रमा विभागले ‘स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०’ अनुसार सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले अनिवार्य रुपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।

    यो निर्देशन सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरुलाई पनि पालना गर्न भनिएको छ।

    परिपत्रमा स्तनपानको प्रवर्द्धन, संरक्षण तथा सहयोगमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाइएको छ।

    यस्तो छ परिपत्र:

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend