मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

३४ जिल्लाका साना नदीहरुमा बाढीको जोखिम, बहाब आकस्मिक बढ्ने

३४ जिल्लाका साना नदीहरुमा बाढीको जोखिम, बहाब आकस्मिक बढ्ने

images
२०८३ आषाढ १५ गते, सोमवार
२०८३ आषाढ १५ गते, सोमवार
  • काठमाडौँ। देशभरका विभिन्न स्थानमा आज विहानैदेखि पानी परिरहेको छ। जसका कारण ३४ भन्दा बढी जिल्लाका साना तथा सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना छ।

    images

    बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार ३४ भन्दा बढी जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    images

    महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ।

    यस्तै कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, दिपायल, डडेल्धुरा, अछाम र यस आसपासका जिल्ला भई बहने खोला तथा नदीहरूमा पनि बाढीको जोखिम रहन सक्छ।

    महाशाखाका अनुसार यो अवस्था भोलि र पर्सि पनि कायम रहने सम्भावना छ। भोलि र पर्सि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरैजसो स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। 

    कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स-साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान महाशाखाको छ।

    तर, देशका प्रमुख र ठुला नदीहरूको अवस्था भने हाल सामान्य छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल नै छ। 

    कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल नै देखिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend