मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कागेश्वरी मनोहरा नगरपालिकामा पुन: देखियो `बर्ड फ्लू´

कागेश्वरी मनोहरा नगरपालिकामा पुन: देखियो `बर्ड फ्लू´

images
२०८३ आषाढ १४ गते, आइतवार
२०८३ आषाढ १४ गते, आइतवार
  • काठमाडौं। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा पुन: बर्ड फ्लू देखिएको छ।

    images

    कागेश्वरी मनोहरा–३ स्थित भद्रबासको बढिमालिका कुखुरा फर्ममा पालिएका कुखुरामा आइतबार बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि २७ सय जीवित लेयर्स कुखुरा नष्ट गरिएको छ।

    images

    यसअघि पनि सोही वडाको थापा डाँडा क्षेत्रमा बर्ड फ्लुको संक्रमण देखिएको थियो। संक्रमण थप फैलिन नदिन आवश्यक सचेतना अपनाइएको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाले स्थानीयवासीलाई कुनै पनि शंकास्पद रूपमा बिरामी वा मरेका पन्छी देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन भनेको छ।

    हाल विभिन्न स्थानमा संक्रमणका घटना देखिएकाले काठमाडौंलाई बर्ड फ्लुको हट स्पटका रूपमा हेरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend