मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताललाई दियो `रेविज´ विरुद्धको खोप

काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताललाई दियो `रेविज´ विरुद्धको खोप

images
२०८३ आषाढ १२ गते, शुक्रवार
२०८३ आषाढ १२ गते, शुक्रवार
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ।

    images

    जेही दिनयता रेविज विरुद्धको खोप अभाव भएको जानकारीपछि शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालमै पुगेर सो खोप प्रदान गरेकी हुन्। खोप प्रदान गर्दै उनले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग गरिएको उल्लेख गरिन।

    images

    ‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ। खोपको अभावले आउने विपदको सामनाका लागि प्रतिकार्य हो।’ उनले भनिन्।

    डंगोलले जनस्वास्थ्यको जोखिम घटाउन सबै मिलेर अघि बढ्नु पर्नेमा पनि जोड दिइन्। ‘जनावरले टोकेपछि उपचारका लागि जाने अस्पताल नै सरुवा रोग अस्पताल हो। यसमा लक्षण पर्खिन सकिँदैन। लक्षण देखिए पछि उपचार थालौँला भन्न सकिँदैन। यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ।’

    अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकोले महानगरपालिकासँग सहयोग माग गरिएको बताए।

    ‘अस्पतालमा दैनिक दुई सय जनाभन्दा धेरै व्यक्तिहरु रेविज विरुद्धको खोप लगाउन आउनुहुन्छ। महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्छौँ।’ खोप ग्रहण गर्दै अस्पतालका निर्देशक डा. बास्तोलाले भने।

    अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकोले खोपको अभाव हुने परिस्थिति आउन नदिन अस्पतालले महानगरपालिकासँग खोप माग गरेको थियो।

    केहेव दिनअघि सो अस्पतालमा रेविज खोपको अभाव भएका कारण एक ब्यक्तिको मृत्युु भएको भनिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend