मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाको उपसभापतिमा सोविताले जित्दा डा. तोसिमा पराजित, पदाधिकारीमा निर्वाचित हुने कोको?

रास्वपाको उपसभापतिमा सोविताले जित्दा डा. तोसिमा पराजित, पदाधिकारीमा निर्वाचित हुने कोको?

images
२०८३ आषाढ १२ गते, शुक्रवार
२०८३ आषाढ १२ गते, शुक्रवार
  • काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन्।उनले डा. तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापति पदमा निर्वचित बनेकी हुन्।

    images

    रास्वपाका पदाधिकारी चयन गर्न शुक्रबार दोस्रो चरणको निर्वाचन भएको थियो।

    images

    निर्वाचन मार्फत रास्वपाको महामन्त्रीमा विपिन आचार्य चुनिएका छन्। उनले महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार थिए।

    त्यसैगरी पार्टीको सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी छिन्।

    यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। यस्तै पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend