मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रेविज विरुद्धको खोपको अभाव, सरकार भन्छ पर्याप्त छैन

रेविज विरुद्धको खोपको अभाव, सरकार भन्छ पर्याप्त छैन

images
२०८३ आषाढ १० गते, बुधवार
२०८३ आषाढ १० गते, बुधवार
  • काठमाडौँ। मुलुकमा रेविज विरुद्धको खोप पर्याप्त मात्रामा नभएको सरकारले नै स्वीकार गरेको छ। खोपको अभाव भएको विषय चर्चामा आउन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भण्डारणमा पर्याप्त नभएपनि आकस्मिक प्रयोगमा भने समस्या नभएको बताएको हो।

    images

    मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बाहिर भनिएजस्तो खोपको अभाव नभएको र भण्डारणमा पनि पर्याप्त खोप नभएको बताए।

    images

    `बाहिर जे कुरा आएको छ त्यस्तो चाहिँ होइन, भण्डारणमा पर्याप्त छैन, आकस्मिक प्रयोगमा अभाव पनि भएको छैन।´ मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले एक्सरे नेपालसँग भने।

    उनले खोपको पर्याप्त उपलब्धताका लागि पटकपटक टेन्डर गरिएको तर प्रक्रिया अघि बढ्न नसक्दा समस्या भएको बताउँदै अहिले पुन: टेन्डर प्रक्रिया अघि बढेको र अब छिट्टै रेबिज विरुद्धको खोप आइपुग्ने बताए।

    `चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ, टेण्डर भइसकेको छ।´ उनले भने।

    गत वर्षको भदौमा जेन-जी आन्दोलन भएपछि खोप आयातमा समस्या हुँदै आइरहेको थियो। यस्तै पछिल्लो समय पश्चिम एसियाली मुलुकमा बढेको द्वन्द्वको कारण पनि नेपालमा आयातकर्ताहरुले पुरानै मुल्यमा खोप ल्याएर दिन नसकिने बताउँदै आइरहेका छन्। जसको कारण नेपालमा खोपको अभावको स्थिति देखिंदै आइरहेको छ।

    यसअघि रेबिजको खोप खरीदका लागि गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आह्वान गरिएको थियो। नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको हो। 

    कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविज विरुद्धको खोप लगाउनुपर्दछ। यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत दुई तीन दिनभित्रमा ४५ सय भाइल खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    खोपको अभाव हुन सक्ने अवस्था देखिएपछि केही समयअघि मात्र डब्लुएचओले आकस्मिक उपचारका लागि पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो। 

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले अस्पतालमा आउने बिरामीलाई रेविज विरुद्धको खोप लगाइरहेको बताए।

    `अस्पतालमा रेविज विरुद्धको खोप लगाउने आउने सबै बिरामीलाई हामीले खोप लगाइरहेका छौँ, हाम्रो अस्पतालमा रेविज विरुद्धको खोपको अभाव छैन।” डा बाँस्तोलाले भने।

    उनका अनुसार अस्पतालमा दैनिक १८० देखि २०० जनासम्म रेविज विरुद्धको खोप लगाउने आउने गरेको तथ्यांक छ।

    सो अस्पतालको मेडिकल अभिलेख शाखाका अनुसार चालू आर्थिक वर्षमा मात्र ५५ हजार ७५९ जना बिरामीलाई रेविज विरुद्धको खोप लगाइएको छ।

    आव २०८०/८१ मा ६३ हजार ८१५ जना, आर्थिक वर्ष २०८१/८२ मा ४७ हजार ५८६ जनालाई रेविज विरुद्धको खोप लगाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांक छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend