मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

११ जिल्लामा फैलियो `बर्ड फ्लू´

११ जिल्लामा फैलियो `बर्ड फ्लू´

images
२०८३ आषाढ ९ गते, मंगलवार
२०८३ आषाढ ९ गते, मंगलवार
  • काठमाडौँ। चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ हालसम्म ११ जिल्लामा फैलिएको पाइएको छ।

    images

    पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका विभिन्न ८२ स्थानमा बर्ड फ्लू फैलिएको पाइएको हो। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा बर्ड फ्लू पुष्टि भएको थियो। त्यसयता हालसम्म ११ जिल्लाका ८२ ठाउँमा फैलिएको छ।

    images

    विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ।

    यसैगरी हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका पाँच लाख ६९ हजार ८५८ पन्छी र सो क्रममा नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको उनले जानकारी दिए।

    विभागका महानिर्देशक डा. दाहालले कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि खुकुलो बनाइएको बताए।

    पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लू रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शङ्कास्पद पन्छीहरू नष्ट गरिएको थियो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ।

    विभागले काठमाडौँ उपत्यकामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गर्ने गरिएको विभागमा महानिर्देशक डा. दाहालले जानकारी दिए।

    फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएका पुनः निसङ्क्रमण गरेर मात्र भित्र्याउनेजस्ता कार्य गर्नुपर्दछ।

    यस्तै कागलगायत जङ्गली पन्छीहरू घरपालुवा पन्छीको दाना लसपस हुन नदिने गरि थुनेर पन्छीपालन गर्नुपर्दछ। पन्छीको उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्दछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend