चितवन। रास्वपा सभापति रबि लामिछानेले पार्टीको सभापति पदका लागि उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार लामिछानेले पार्टीको आगामी नेतृत्वका लागि सभापति पदमा उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावकमा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बसेका छन्।
अब बन्ने नयाँ कार्यसमितिमा शाहलाई यसअघि नै सर्वसम्मत रुपमा वरिष्ठ नेता बनाउने सहमति भइसकेको छ। हाल शाह वरिष्ठ नेता छन्।



