मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाका नेता कार्यकर्तालाई गगन थापाले भने : आफ्ना नेतासँग प्रश्न गर्न सक्ने साहस राख्नुहोला

रास्वपाका नेता कार्यकर्तालाई गगन थापाले भने : आफ्ना नेतासँग प्रश्न गर्न सक्ने साहस राख्नुहोला

images
२०८३ आषाढ ७ गते, आइतवार
२०८३ आषाढ ७ गते, आइतवार
  • काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा' बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्रिएको बताउँदै रास्वपाका नेता कार्यकर्तालाई त्यस्तो गल्ती नदोहोर्‍याउन सुझाव दिएका छन्।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार चितवनको भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता कार्यकर्तालाई आफ्ना नेतासँग प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरे।

    images

    “सुशासन तपाईँहरूको मुख्य मन्त्र हो, हामीले विगतमा हाम्रा नेतालाई भगवान् र 'बा' बनाएर गल्ती गरिसक्यौँ, पछि सुधारको प्रयास त गर्‍यौँ, तर निकै ढिला भइसकेको थियो, त्यसैले तपाईँहरूले आफ्नो नेतृत्वलाई सधैँ प्रश्न गर्ने साहस राख्नुहोला।” कांग्रेस सभापति थापाले सम्बोधनका क्रममा भने।

    उनले चितवन सहरभरि रास्वपाको निलो झन्डा फहराएको र चार हजार प्रतिनिधि बसेर देशको भविष्यबारे छलफल गर्न लागेको क्षण सुखद् रहेको भन्दै महाधिवेशनको सफलताको कामना पनि गरे।

    नयाँ शक्तिले विगतका सबै उपलब्धिलाई नजरअन्दाज गर्न नहुने भन्दै उ अले इतिहासको जगलाई भुल्न नहुने प्रष्ट पार्दै अगाडि भने, “निलो झन्डा बोकेर विरोध गर्दै गर्दा विगत ३५ वर्षमा देशमा केही पनि भएन भनेर नभनी दिनुहोला, तपाईँहरू आज जहाँ बस्नुभएको छ, त्यो ठाउँमुनि प्रजातन्त्रका लागि लड्ने सहिदको लाश गाडिएको छ, पञ्चायतविरुद्ध भएको कठोर सङ्घर्षलाई कसैले बिर्सन मिल्दैन, चितवनको भुईँमा एक पटक निलो झन्डा फहराउँदा यहाँको माटोमा लतपतिएको सहिदको रातो रगतलाई पनि स्मरण गर्नुहोला।” थापाले भने।

    प्रजातन्त्र र विधिको शासनलाई मन्त्र बनाएर नागरिकलाई डेलिभरी दिनु नै आजको मुख्य दायित्व भएको उनको भनाइ थियो।

    मुलुकको मुख्य शत्रु गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको चर्चा गर्दै उ अले जहाँ विधि मिचिन्छ, त्यहाँ नेपाली कांग्रेसले सधैँ सशक्त प्रश्न उठाइरहेको र निरन्तर उठाउने पनि प्रष्ट पारे।

    सबै राजनीतिक दलले आ-आफ्नो धर्म र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेमा मात्र देशको राजनीति दरिलो हुने र संविधानको रक्षा हुनसक्ने उनले उल्लेख गरे।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend