मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा सुरु

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा सुरु

images
२०८३ आषाढ ७ गते, आइतवार
२०८३ आषाढ ७ गते, आइतवार
  • चितवन। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा सुरु भएको छ।

    images

    चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आजदेखि विशेष समारोहका बिच सुरु भएको उक्त महाधिवेशनको प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा पार्टीको निर्वाचन चिह्न ‘घण्टी’ बजाएर उद्घाटन गरेका हुन्।

    images

    महाधिवेशनको उद्घाटन सत्रमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उल्लेख्य उपस्थिति रहेको छ।

    समारोहमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले सहभागी छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend