मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाको महाधिवेशनमा सहभागी हुन गगन थापा चितवन जाँदै, अरु दलबाट कोको जाँदैछन्?

रास्वपाको महाधिवेशनमा सहभागी हुन गगन थापा चितवन जाँदै, अरु दलबाट कोको जाँदैछन्?

images
२०८३ आषाढ ७ गते, आइतवार
२०८३ आषाढ ७ गते, आइतवार
  • काठमाडौँ। चितवनको भरतपुरमा आजबाट सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन मुख्य दलका केही शीर्ष नेताहरू सहभागी हुने तय भएको छ।

    images

    जसअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापा आफैँ रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा सम्बोधनका लागि सहभागी हुन जाँदैछन। उनले महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भएरै शुभकामना दिने तय भएको छ।

    images

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पनि महाधिवेशन उद्घाटन सत्रमा उपस्थित हुने तय भएको छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने भएका छन्।

    नेकपा एमालेका तर्फबाट भने नेता प्रदीप ज्ञवाली सहभागी हुन चितवन पुगेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट भने नेता वर्षमान पुन सहभागी हुँदैछन्। यसैगरी श्रम संस्कृति पार्टीका तर्फबाट भने अहिलेसम्म को सहभागी हुने भन्ने तय भएको छैन।

    रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुने भएका छन्।

    रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतृत्वलाई महाधिवेशनका लागि निमन्त्रणा गरेको छ। रास्वपाका शीर्ष तहका नेता र अन्य दलका नेताहरूको यो महाधिवेशन मार्फत हुने भेट प्रतिनिधि सभाको निर्वाचन पछिकै पहिलो भेट हुनेछ।

    अझै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपा सभापति रबि लामिछानेबीच भने यो भेट झण्डै दुई वर्षपछि हुन लागेको हो। 

    यो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह पनि सहभागी हुँदैछन्। रास्वपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री शाहले महाधिवेशनको घण्टी बजाएर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

    रास्वपाको पहिलो महाधिवेशन आइतबार उदघाटन हुँदैछ असार ८ र ९ गते बन्द सत्र र निर्वाचन हुने कार्यतालिका तय छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend