मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मोटरसाइकल मोडिफाइ गरे कारबाहीमा परिएला

मोटरसाइकल मोडिफाइ गरे कारबाहीमा परिएला

images
२०८३ आषाढ ६ गते, शनिवार
२०८३ आषाढ ६ गते, शनिवार
  • काठमाडौँ। तपाईं आफुले चढ्ने मोटरसाइकलको अवस्था केछ? वास्तविक स्वरुप बिगारेर फरक पो बनाउनु भएको छ कि? त्यदो हो भने तपाईं जतिबेला पनि ट्राफिक प्रहरीको नजरमा पर्न सक्नुहुन्छ।

    images

    अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँमा त्यस्ता मोडिफाइ गरी चलाइने मोटरसाइकललाई कारबाहीको दायरामा ल्याउन अभियान नै चलाइरहेको छ। ट्राफिक प्रहरीले यो अभियान अन्तर्गत ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको जानकारी दिए।

    “मोटरसाइकललाई मोडिफाइ गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेका छौँ, हालसम्म एक हजार ३२९ मोटरसाइकलका धनीलाई कारबाही गरिएको छ।” सुवेदीले भने।

    यसैबीच, ट्राफिक प्रहरीले शुक्रबार मात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ।

    चोरी तथा हराएका सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend