मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त

मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त

images
२०८३ आषाढ ५ गते, शुक्रवार
२०८३ आषाढ ५ गते, शुक्रवार
  • काठमाडौँ। मन्त्रीपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा कैलालीका डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ।

    images

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको संचार मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका हुन्।

    images

    यसैगरी बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

    यस्तै सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति गर्ने, बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति गर्ने, राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ। 

    यसैगरी संघीय संसद् समक्ष विभिन्न चार वटा प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति दिने निर्णय पनि मन्त्री परिषद् बैठकले गरेको मन्त्री तिमल्सिनाले जानकारी दिए।

    जसमा, सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छन्।


     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend