मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

images
२०८३ आषाढ ५ गते, शुक्रवार
२०८३ आषाढ ५ गते, शुक्रवार
  • काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    images

    शुक्रबार बिहान बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो। सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    images

    परीक्षामा ४ लाख १८ हजार १७० जना विद्यार्थी सहभागी थिए। यस्तै जापानको एभरेस्ट स्कुलबाट पनि ३९ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए। परीक्षा वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो।

    विद्यार्थीहरूले आफ्नो सिम्बल नम्बर र जन्ममितिको विवरण प्रयोग गरी प्रकाशित नतिजा बोर्डको वेबसाइट, एसएमएस तथा अन्य तोकिएका अनलाइन माध्यमबाट हेर्न सक्ने बोर्डले जनाएको छ।

    परीक्षामा नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार २४१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। यस्तै आंशिकतर्फ ८५ हजार ९ सय २९ जना विद्यार्थी रहेका थिए।

    बोर्डले कुल ४० जनाको नतिजा रद्द गतिएको पनि जनाएको छ। जसमा नियमित तर्फ ३० र आंशिक तर्फ १० जना छन्।

    नतिजा (result.neb.gov.np)(http://result.neb.gov.np) वा नेपाल टेलिकमको (neb.ntc.net.np)(https://neb.ntc.net.np) मा लगइन गरेर, SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर, IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट हेर्न सकिन्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend