मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तराईमा ह्वात्तै बढ्यो गर्मी, भैरहवामा ४१.५ डिग्री

तराईमा ह्वात्तै बढ्यो गर्मी, भैरहवामा ४१.५ डिग्री

images
२०८३ आषाढ ४ गते, बिहिवार
२०८३ आषाढ ४ गते, बिहिवार
  • काठमाडौँ। तराईका जिल्लामा तापक्रम ह्वात्तै बढेको छ।देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईमा तापक्रम बढेको हो।

    images

    जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो अभिलेखमा भैरहवामा ४१.५ डिग्री तापक्रम मापन भएको छ। यस्तै नेपालगन्जमा ४०.४ डिग्री तापक्रम मापन भएको छ भने धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड भएको छ।

    images

    अन्य जिल्लामा पनि तापक्रम बढेको छ। काठमाडौँमा पनि तापक्रम बढेर ३१.३ डिग्री पुगेको छ। मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थका अनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, भैरहवा र सिमरामा तातो दिन हुने सम्भावना छ।

    यसैगरी देशका विभिन्न क्षेत्रमा भारी वर्षा पनि जारी छ। पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ। गोरखामा ७१.८, मोरङमा ६१.८, सुनसरीमा ५१.४ र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ। 

    यसअघि हिजो झापामा १०३ मिलिमिटरमाथि वर्षा भएको मापन गरिएको थियो। उक्त जिल्लामा भारी वर्षा हुँदा देशका अन्य क्षेत्रमा तापक्रम बढिरहेको हो।

    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ।

    विभागले आज जारी गरेको मौसम बुलेटिन अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा कोशी र मधेश प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ।

    कोशी र मधेश प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जनाइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend