मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

क्यान्सरको उपचारमा प्रयोग हुने औषधिको अभाव नरोकिएपछि सांसदको प्रश्न : सरकारको तत्कालीन र दीर्घकालीन योजना के छ?

क्यान्सरको उपचारमा प्रयोग हुने औषधिको अभाव नरोकिएपछि सांसदको प्रश्न : सरकारको तत्कालीन र दीर्घकालीन योजना के छ?

images
२०८३ आषाढ ३ गते, बुधवार
२०८३ आषाढ ३ गते, बुधवार
  • काठमाडौँ। क्यान्सरको उपचारमा प्रयोग हुने औषधिको अभाव नरोकिएको र बिरामीले उपचारमा समस्या भोगिरहेको भन्दै प्रतिनिधि सभामा सरकारमाथि फेरि प्रश्न उठेको छ।

    images

    प्रतिनिधि सभा सदस्य उर्मिला थपलियाले अहिले पनि क्यान्सरको उपचारमा प्रयोग हुने औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव जारी रहेको गुनासो आएको भन्दै सरकारमाथि प्रश्न गरेकी हुन्।

    images

    `अब तत्कालीन र दीर्घकालीन रुपमा अभाव हुन नदिन सरकारले योजना बनाएको छ कि छैन?´ सांसद थपलियाले प्रश्न गर्दै भनिन्।

    यसअघि पनि क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावका कारण उपचारमा गम्भीर समस्या भोगिरहेको विषयमा संसदमा प्रश्न उठेको थियोे।

    प्रश्न उठेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएकी थिइन्।

    `यसअघि पनि प्रश्न उठेपछि मन्त्री मेहताले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएको जानकारी प्राप्त भएको थियो। तर आज पनि देशभरका बिरामी तथा उनीहरूका परिवारजनले सिस्प्लाटिन नपाएको गुनासो गरिरहेका छन। हिजो मात्र भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै सम्पर्क गर्नुभएको थियो।´ उनले सभामुख मार्फत प्रश्न गर्दै भनिन्।

    सांसद थपलियाले आफुले मन्त्रीसँग जान्न चाहेको बताउँदै सभामुख मार्फत तीन प्रश्न गर्दै भनिन्, `म माननीय मन्त्रीज्यूसँग जान्न चाहन्छु, हाल सिस्प्लाटिन नेपालका कुन-कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ? यो जानकारी बिरामी र परिवारजनलाई तत्काल उपलब्ध गराइयोस्।´

    यसैगरी उनले सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता अत्यावश्यक उपचारमा प्रयोग हुने औषधिको अभाव अब दोहोरिन नदिन सरकारको तत्कालीन र दीर्घकालीन योजना के छ? भन्दै दोस्रो प्रश्न गरिन।

    सांसद थपलियाले मन्त्री मेहताले यसअघि विदेशी कम्पनीको निरीक्षण गरेकोबारे पनि प्रश्न गर्दै भनिन्, `मन्त्रीज्यूले निर्देशन दिनुभएका विदेशी कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियामा हालसम्म के प्रगति भएको छ? र त्यसबाट औषधिको आपूर्तिमा कहिलेदेखि सुधार देखिनेछ?´

    सांसद थपलियाले बिरामिहरुले अत्यावश्यक औषधि सहज रूपमा पाउने सुनिश्चितताबारे मन्त्री मेहतालाई सदन मार्फत नै स्पष्ट जानकारी गराइदिन पनि अनुरोध गरेकी छन्।

    उनले बिरामीको जीवनसँग खेलवाड नगर्न सरकारसँग पनि आग्रह गरिन्।

    `म सरकार संग आग्रह गर्दछु। मन्त्री ज्युले निर्देशन दिने मात्र हैन बिरामीले औषधि प्राप्त गरेकी गरेनन भनेर सम्बधित निकायहरुमा बुझ्न पनि अनुरोध गर्दछु।´ 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend