मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मेडिकल तथा डेन्टल विषयका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन

मेडिकल तथा डेन्टल विषयका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन

images
२०८३ आषाढ १ गते, सोमवार
२०८३ आषाढ १ गते, सोमवार
  • काठमाडौँ। चिकित्सा शिक्षा आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूले पाउने इन्टर्नसिप भत्ता समान नरहेको गुनासो आएको भन्दै असमानता हटाउन निर्देशन दिएको छ।

    images

    आयोगले सोमबार सबै विश्वविद्यालय र प्रतिष्ठानका नाममा परिपत्र जारी गर्दै असमानता हटाउन निर्देशन दिएको हो। 

    images

    आयोगले भनेको छ, `मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नसिप भत्ता विभिन्न शिक्षण संस्थाहरूमा समान नभइ कतिपय मेडिकल कलेजको इन्टर्नसिप भत्ता अतिनै न्यून रहेको गुनासो यस आयोगमा प्राप्त भएको हुँदा आफ्नो आंगिक अस्पतालमा सेवा पुर्याए बापत प्रदान गर्दै आएको भत्ता सरह नै समान रुपमा सबै सम्बन्धन प्राप्त मेडिकल कलेजका शिक्षण संस्थामा सेवा प्रदान गर्ने इन्टरन्सिपका चिकित्सकहरुलाई प्रदान गर्ने ब्यवस्था गरि सोको जानकारी यस आयोगलाई गराउनु हुन अनुरोध छ।´

    आयोगमा विद्यार्थीहरूबाट गुनासो प्राप्त भएपछि यस्तो कदम चालेको हो। सो पत्र आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जारी गरेका हुन्।

    आयोगको यो परिपत्रले लामो समयदेखि न्यून भत्तामा काम गर्न बाध्य मेडिकल विद्यार्थीहरूलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।

    निजी शिक्षण संस्थामा इन्टर्न चिकित्सकहरू निकै न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्। देशभरका झन्डै दुई हजार इन्टर्न चिकित्सकहरूले मासिक १० हजार ४ सयदेखि १७ हजार रुपैयाँसम्म मात्र पारिश्रमिक लिएर काम गरिरहेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend