मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ रेडक्रसद्वारा २१ सामुदायिक विद्यालयका २१ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ रेडक्रसद्वारा २१ सामुदायिक विद्यालयका २१ जना विद्यार्थीलाई छात्रवृत्ति

images
२०८३ जेठ ३० गते, शनिवार
२०८३ जेठ ३० गते, शनिवार
  • काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले काठमाडौँका २१ सामुदायिक विद्यालयका २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

    images

    रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले २१ विद्यालयका २१ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप नगद रू ५ हजारका दरले वितरण गरेको हो।

    images

    सो रकम जिल्ला शाखामार्फत विभिन्न ब्यक्तिहरूले स्थापना गरेका विद्यालय स्तरीय छात्रवृत्ति कोषमार्फत सहयोग गरिएको हो।

    जुनियर रेडक्रस सर्कल गठन र नविकरण भएका बिद्यालयका बिद्यार्थीको नामलाई जिल्ला शाखाअन्तर्गतका २१ वटा उपशाखाको सिफारिसमा उक्त छात्रवृत्ति प्रदान गरिएको हो। शाखाले हरेक वर्ष यसरी नै छात्रवृत्ति रकम वितरण गदैै आएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend