मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दुई दशकदेखि औषधि आपूर्ति प्रणालीमा योगदान पुर्याउने १३ जना ब्यवसायी सम्मानित

दुई दशकदेखि औषधि आपूर्ति प्रणालीमा योगदान पुर्याउने १३ जना ब्यवसायी सम्मानित

images
२०८३ जेठ ३० गते, शनिवार
२०८३ जेठ ३० गते, शनिवार
  • काठमाडौँ। नेपाल औषधि थोक व्यवसायी संघले दुई दशकभन्दा लामो समयदेखि देशको औषधि आपूर्ति प्रणालीमा निरन्तर योगदान दिने १३ जना औषधि ब्यवसायीलाई सम्मान गरेको छ।

    images

    नेपाल औषधि थोक ब्यवसायी संघद्वारा शुक्रबार राजधानीमा आयोजित नीति संवाद तथा अग्रज व्यवसायी अभिनन्दन कार्यक्रमका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उनीहरूलाई सम्मानपत्रसहित सम्मान गरेका हुन्।

    images

    सम्मानित हुनेहरूमा कुमार प्रसाद भद्रा (काठमाडौ), होमनाथ वास्तोला (काठमाडौ), राजेशलाल श्रेष्ठ (काठमाडौ), मृगेन्द्र मेहेर श्रेष्ठ (काठमाडौ), लक्ष्मी महर्जन (काठमाडौ), विरेन्द्रलाल श्रेष्ठ (काठमाडौ), पद्म प्रसाद गौतम (काठमाडौ), बाबुराम पाण्डे (काठमाडौ), मनोज कुमार प्रधान (काठमाडौ), शुनिल कुमार वैद्य (बनेपा), श्रीराम पराजुली (कास्की), विनोद कार्की (भक्तपुर) र रुद्रनारायण मल्ल (कास्की) छन्।

    आयोजक संस्थाका केन्द्रीय अध्यक्ष गणेश नेपालले
    थोक औषधिको व्यवसायीक र आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउन अग्रज व्यवसायीहरूले पुर्‍याएको योगदानको मुल्यांकन गर्दै सम्मान प्रदान गरिएको बताए।

    उनले अग्रजहरूको सम्मान गर्नु केवल औपचारिकता नभई संस्थाको आत्मसम्मानसँग जोडिएको विषय पनि भएको बताए।

    कार्यक्रममा औषधि बजारमा देखिएका समसामयिक चुनौती, आपूर्ति व्यवस्थाका समस्या, नियामकय जटिलता तथा व्यवसायिक वातावरण सुधारका विषयमा समेत नीति संवाद गरिएको थियो।

    नियामक निकाय, सरोकारवाला संस्था तथा व्यवसायिक प्रतिनिधिहरूको सहभागितामा आयोजित छलफलमा औषधि बजारका चुनौतीहरूको विश्लेषण गर्दै समाधानका सम्भावित उपायबारे विचार आदान-प्रदान गरिएको संघले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend