मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ८ यात्रुको मृत्यु

काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ८ यात्रुको मृत्यु

घाइतेको धुलिखेलमा उपचार हुँदै

images
२०८३ जेठ २९ गते, शुक्रवार
२०८३ जेठ २९ गते, शुक्रवार
  • काठमाडौँ। काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्युु हुनेको संख्या ८ पुगेको छ।

    images

    बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दिउँसो सेल्फी डाँडास्थित वीपी राजमार्गको सडकबाट दुई सय मीटर तल खसेको थियो।

    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

    अरनिको यातायातमा आबद्ध उक्त बसमा २५ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend