काठमाडौँ। मन्त्रिपरिषद् बैठकले संविधान संशेधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को समयावधि थप गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यदलको समयावधि २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सो कार्यदलको संयोजक अशिम शाह छन्। उनको नेतृत्वमा अहिले संविधान संसोधनको बहसपत्र तयार गर्ने सवालमा सुझाव संकलन गर्ने काम भइरहेको छ।
यसैगरी बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।
बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।



