मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको प्रारम्भिक सूची सार्वजनिक

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको प्रारम्भिक सूची सार्वजनिक

images
२०८३ जेठ २७ गते, बुधवार
२०८३ जेठ २७ गते, बुधवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि प्रारम्भिक सूचीमा परेका चिकित्सकहरुको नाम प्रकाशित गरेको छ ।

    images

    मन्त्रालयले बुधबार प्रकाशित गरेको सूचना अनुसार आवेदन पेस गर्ने आवेदकहरू मध्येबाट वर्णानुक्रमका आधारमा सात जनाको नामावली सार्वजनिक गरेको हो।

    images

    प्रारम्भिक सूचीमा सूचीकृत हुनेहरूमा डा. अजय कुमार झा (धनुषा), डा. जया श्रेष्ठ (चितवन), डा. भावना वाग्ले (चितवन), डा. योगेन्द्र प्रसाद सिंह (सर्लाही), डा. लक्ष्मी नारायण सिंह (महोत्तरी), डा. विजय चन्द्र आचार्य (चितवन) र डा. विश्वराम पौडेल (रामेछाप) छन्।

    मन्त्रालयले सर्ट लिस्टमा परेका उम्मेदवारहरूलाई बढीमा तीन हजार शब्दमा नबढ्ने गरी आफ्नो सोचपत्र आगामी असार १ गते कार्यालय समयभित्र मन्त्रालयको इमेल अथवा सिधै मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखामा बुझाउन भनेको छ।

    उम्मेदवारहरूको अन्तर्वार्ताको मिति र स्थान भने सम्बन्धित आवेदकहरूलाई पछि जानकारी गराइने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार गत वैशाख १५ गते प्रकाशित गरिएको सूचनामा आठ जनाको आवेदन परेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend