काठमाडौँ। नेपाली कांग्रेसका ४ लाख ५७ हजार ३ सय ६६ जना क्रियाशील सदस्यले सदस्यता अद्यावधिक गरि एनसीआईडी (NCID) प्राप्त गरेका छन्।
अद्यावधिक कार्यको निर्धारित समयावधि २०८३ जेठ २८ गते राति १२:०० बजेसम्म तय गरिएको छ।
कांग्रेस महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये बुधबारसम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले सदस्यता अद्यावधिक गर्दै एनसीआईडी (NCID) प्राप्त गरेका छन्।
महामन्त्री पौडेलका अनुसार १ लाख २४ हजार ७ सय ४८ जना स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा छन्।
उनले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यहरूलाई तोकिएको समयसीमा भित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न पनि अपिल गरेका छन्।




