काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफुमाथि आक्रमण भइरहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
"प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,"अर्थमन्त्री वाग्लेले भने,
"नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।"
उनले सांसदहरूलाई पनि यस्ता समूहका कुराहरुबाट प्रभावित नहुन आग्रह गरे। संसदको गरिमालाई लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनको भनाइ थियो।



