मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गृहमा फर्किए सुधन, विज्ञानमा महावीर : राष्ट्रपति कार्यालयमा सपथ हुँदै

गृहमा फर्किए सुधन, विज्ञानमा महावीर : राष्ट्रपति कार्यालयमा सपथ हुँदै

images
२०८३ जेठ २६ गते, मंगलवार
२०८३ जेठ २६ गते, मंगलवार
  • काठमाडौँ। वर्तमान सरकारमा दुई मन्त्री थपिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्दै आएको गृह मन्त्रालयमा पुन: सुधन गुरुङ भित्रीएका हुन्।

    images

    यसअघि विवादास्पद व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि गुरुङ विवादमा परेका थिए। विवादमा परेपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

    images

    यसैगरी महाबीर पुन पनि मन्त्री बन्दै सरकारमा आएका छन्। उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

    नवनियुक्त मन्त्री गुरुङ र पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अहिले केहीबेरमा पद तथा गोपनियताको सपथ गराउँदै छन्। उनीहरू शीतल निवास पुगिसकेका छन्। सपथ लगत्तै दुवै मन्त्री पदभार ग्रहणका लागि सिंहदरबार जाने कार्यक्रम छ।

    प्रधानमन्त्री शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा र महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न मंगलबार नै राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend