काठमाडौँ। म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र निर्वाचित बनेका महावीर पुन पुन: मन्त्री बन्दै सिंहदरबार भित्रदै छन्।
पुन वर्तमान सरकारमा मन्त्री बन्ने पक्का भएको हो। उनको नाम राष्ट्रपति कार्यालय पुगिसकेको स्रोतले बतायो। उनी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै छन्। तर पुनले भने आफुलाई यो विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
‘तपाईँहरुबाट नै सुनेको हो, मन्त्री बनाउने विषयमा मलाई कुनै जानकारी छैन, मलाइ तयार हुनु पनि भनेको छैन।’
पुनले भने।
उनको सपथ साँढे ४ बजेका लागि तय भएको छ। उनी यसअघिको शुशिला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए।
प्रतिनिधि सभाको निर्वाचनपछि वर्तमान सरकार बनेपछि पुनकै आग्रहमा सरकारले मन्त्रीपरिषद बैठकमार्फत शिक्षा मन्त्रालयबाट अलग गरेर विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय बनाएको थियो।
सरकारले अहिले सो मन्त्रालयका लागि जेठ १५ गतेको वजेट वक्तव्य मार्फत बजेट समेत विनियोजन गरेको छ। उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर संचालन गर्दै आएका छन्।



