मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन रास्वपाको पहलमा सर्वदलीय बैठक सुरु

राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन रास्वपाको पहलमा सर्वदलीय बैठक सुरु

images
२०८३ जेठ २५ गते, सोमवार
२०८३ जेठ २५ गते, सोमवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

    images

    समसामयिक राजनीतिक विषयमा छलफल गर्न र राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन भन्दै रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा सुरु भएको छ।

    images

    बैठकमार्फत रास्वपाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्य लिएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता र अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच संवाद हुने रास्वपाले जनाएको छ।

    बैठकमा सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई आमन्त्रण गरिएको बुर्लाकोटीले दिए। 

    संसद्मा रहेका दलहरू एकै ठाउँमा बसेर संवाद गर्दा विद्यमान राजनीतिक गतिरोध अन्त्य र राष्ट्रिय मुद्दामा सहमति जुटाउन सहज हुने विश्वास रास्वपाले लिएको छ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे र डा. शाहजान खातुन सहभागी छन्।

    यसैगरी नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित सहभागी छन्।

    बैठकमा यो समाचार तयार पार्दासम्म श्रम संस्कृति पार्टीका तर्फबाट भने कोही पनि सहभागी भएका छैनन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend