मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

निजामती अस्पतालको सेवा आजदेखि प्रदेशमा पनि : भरतपुर र वीरगंजको नारायणी अस्पतालबाट सेवा सुरुहुँदै

निजामती अस्पतालको सेवा आजदेखि प्रदेशमा पनि : भरतपुर र वीरगंजको नारायणी अस्पतालबाट सेवा सुरुहुँदै

images
२०८३ जेठ २५ गते, सोमवार
२०८३ जेठ २५ गते, सोमवार
  • काठमाडौँ। सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) बाट निजामती कर्मचारीहरूलाई प्रदान गर्दै आएको उपचार सेवा आजबाट पहिलो चरणमा दुई वटा प्रदेशमा पनि विस्तार हुँदैछ।

    images

    काठमाडौँको सिभिल अस्पतालबाट मात्रै निजामती कर्मचारीले उपचार सेवा पाउँदै आएकोमा आजदेखि मधेस प्रदेशको वीरगंजमा रहेको नारायणी अस्पताल र बागमती प्रदेशको भरतपुर, चितवनमा रहेको भरतपुर अस्पतालबाट पनि निजामती कर्मचारीले उपचार सुविधा पाउने छन्।

    images

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो।

    काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्‍याउन लागिएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

    मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु गरिएको हो।

    सेवा सुचारु गर्नका लागि आइतबार मन्त्रालयले दुई अस्पतालसँग सम्झौत गरिसकेको छ। आजबाट नै यी दुई अस्पतालबाट सेवा सुरु हुने छ। सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा हुनु पर्ने छ।

    मधेस र बागमती बाहेक अन्य प्रदेशमा समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण समेत भैसकेको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend