मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

images
२०८३ जेठ २५ गते, सोमवार
२०८३ जेठ २५ गते, सोमवार
  • काठमाडौँ। हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    अहिले देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ। यस्तै अहिले कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    images

    आज दिउसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा  बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। यस्तै, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मौसम बिग्रेर मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ। बाँकी हिमाली र पहाडी भू-भागका पनि एक-दुई स्थानमा यस्तो मौसमी गतिविधि हुन सक्ने देखिन्छ।

    यसैबिच, मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend