मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नामको अगाडि जथाभावी `डाक्टर´ लेखे कारबाहीमा परिएला!

नामको अगाडि जथाभावी `डाक्टर´ लेखे कारबाहीमा परिएला!

images
२०८३ जेठ २२ गते, शुक्रवार
२०८३ जेठ २२ गते, शुक्रवार
  • काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनधिकृत प्रयोग गर्ने तथा भ्रामक स्वास्थ्यसम्बन्धी विज्ञापन गर्ने व्यक्तिविरुद्ध उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    images

    काउन्सिलले शुक्रबार जारी गरेको सूचनाअनुसार गैर–चिकित्सक स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरूले आफ्नो नाम अगाडि ‘डा.’ उपाधि प्रयोग गर्ने, चिकित्सकीय अभ्यास गर्ने, औषधिको सिफारिस गर्ने तथा बिरामीलाई परामर्श दिने जस्ता गतिविधि बढिरहेको पाइएको जनाएको छ। यस्ता गतिविधिले जनस्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भएकाले काउन्सिलले विशेष निगरानी सुरु गरेको हो।

    images

    यसअघि काउन्सिलले गत जेठ ७ गते सूचना जारी गर्दै गैरकानुनी रुपमा चिकित्सकको उपाधि नलेख्न आग्रह गरेको थियो। 

    यदि कसैले गैरकानुनी रुपमा नामको अगाडि डाक्टर लेखेर उपचार गरिरहेको भए सच्याउन समेत काउन्सिलले सचेत गराएको थियो। काउन्सिलले दिएको १५ दिने समय जेठ २२ मा (आज) सकिएको हो।

    ‘ऐन विपरीत अवैध रुपमा चिकित्सकको (डा.) उपाधि प्रयोग गरेको वा सो उपाधिको आडमा बिरामी जाँच्ने/परामर्श दिने जस्ता गतिविधिबारे जानकार जोकोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, सञ्चार माध्यम तथा सरोकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता गर्न हार्दिक अनुरोध गरिन्छ।’ काउन्सिलले विज्ञप्तिमा भनेको छ।

    यसरी आएको उजुरीमाथि छानबिन गरी कारबाही गरिने काउन्सिलले जनाएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend