मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सकको कार्य समय ९-३ कायम गर्न माग, विभागीय मन्त्रीलाई १६ बुँदे पत्र

चिकित्सकको कार्य समय ९-३ कायम गर्न माग, विभागीय मन्त्रीलाई १६ बुँदे पत्र

images
२०८३ जेठ २२ गते, शुक्रवार
२०८३ जेठ २२ गते, शुक्रवार
  • काठमाडौँ। नेपाल चिकित्सक संघले ओपीडीमा चिकित्सकको कार्य समय ९ बजेदेखि ३ बजेसम्म कायम गर्न माग गरेको छ। त्यस समय बाहेकको अनकल/आपतकालीन ड्युटीलाई ‘ओभरटाइम’ गणना गर्नुपर्ने संघले माग गरेको हो।

    images

    संघका नवनिर्वाचित अध्यक्ष बद्री रिजालको नेतृत्वमा शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघले ओपीडीको समयबाहेकको समयलाई ओभरटाइम गणना गर्नुपर्ने माग गरेको हो।

    images

    संघले १६ बुँदे ध्यानाकर्षण पत्रमा निजी मेडिकल कलेजमा कार्यरत प्रध्यापकलाई सरकारी व्यवस्थाअनुरुप पदअनुसारको तलब सुविधा उपलब्ध गराउनुपर्ने, सोअन्तर्गत लेक्चररलाई नवौँ तह सरह र सहप्रध्यापकलाई दशौँ तहसरह नियुक्ति र तलब सुविधा उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको छ।

    त्यस्तै इन्टर्न चिकित्सकहरुको भत्ता एवं पीजी अध्ययनरत आवासीय चिकित्सकहरूको काम गर्ने समय, बिदालगायतका विषयहरु वैज्ञानिक र श्रम ऐनअनुसार हुनुपर्ने, चिकित्सकहरुको दरबन्दी अबिलम्ब थपिनु पर्ने, चिकित्सकहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता/जोखिम भत्त उपलब्ध गराउनुपर्ने माग पनि संघले मन्त्री मेहता समक्ष राखेको छ।

    यसैगरी अस्पताल विकास समिति अन्तर्गत नयाँ नियुक्ति प्रदान गर्दा शैक्षिक योग्यता अनुसार एमडी/एमएस/एमडीएस उत्तीर्ण गरेका चिकित्सकहरुलाई नवौँ तह सरह एवम् डीएम/ एमसीएच उत्तीर्ण गरेका चिकित्सकहरुलाई दशौँ तह बराबर नियुक्ति पत्र प्रदान गर्नु पर्ने माग पनि राखेको छ।

    चिकित्सकहरुको हकमा छुट्टै ‘चिकित्सक ऐन’ को व्यवस्था गर्नुपर्ने र विशिष्टीकृत सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई ‘अफ आवर’ मा स्वास्थ्य सेवा दिएबापत सेवा कर १५ प्रतिशतमा सीमित गर्नुपर्नेलगायतका माग संघले राखेको छ।

    मन्त्रीलाई बुझाएको पत्रमा हालै बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट स्वास्थ्य समता स् शुल्क वापत ३ प्रतिशत कर उठाउने निर्णय खारेज हुनुपर्ने देखि बोन्डमा रहेका चिकित्सकहरुले पनि केन्द्र वा प्रादेशिक लोकसेवा आयोगको परीक्षामा भाग लिन पाउनु पर्ने  माग गरिएको छ।

    ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री मेहताले संघको प्रतिनिधिमण्डललाई थप अध्ययन् गरेर आवश्यकता अनुसार माग पुरा गर्ने आश्वासन दिईन्।


    यी हुन् १६ बुँदे माग:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend