काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरुको नाम प्रकाशित गरेको छ।
मन्त्रालय गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार ती विश्वविद्यालयको उपकुलपतिकालागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो। समितिको बैठक शुक्रबार बसेको थियो।
`विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३´ बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी सर्ट लिस्ट सार्वजनिक गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
समितिको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि छनोट प्रक्रियामा अगाडि बढेका उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सर्ट लिस्टमा परेका उम्मेदवारहरूका सम्बन्धमा सरोकारवालाबाट राय–सुझाव समेत मागेको छ। इच्छुक व्यक्तिले मन्त्रालयले उपलब्ध गराएको गुगल लिङ्कमार्फत जेठ २५ गतेभित्र आफ्नो सुझाव पठाउन सक्नेछन्।
कोको परे सर्ट लिस्टमा?





