मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आयुर्वेद, योग तथा ध्यानबाट दीर्घकालीन स्वास्थ्य लाभ लिन सकिन्छ : उपराष्ट्रपति

आयुर्वेद, योग तथा ध्यानबाट दीर्घकालीन स्वास्थ्य लाभ लिन सकिन्छ : उपराष्ट्रपति

images
२०८३ जेठ २२ गते, शुक्रवार
२०८३ जेठ २२ गते, शुक्रवार
  • काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिहरूमार्फत् नागरिकलाई सस्तो, सहज र दीर्घकालीन स्वास्थ्य लाभ दिलाउन सकिने बताएका छन्।

    images

    उपराष्ट्रपति यादवले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा शुक्रबार ‘ब्रह्मभूमि हेल्थ रिसर्च सेन्टर’ द्वारा आयोजित कार्यक्रमको उद्घाटन गर्दै आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँगको सहकार्यमार्फत नागरिकलाई सस्तो, सहज र दीर्घकालीन स्वास्थ्य लाभ दिलाउन सकिने बताए।

    images

    उनले आयुर्वेद स्थानीय जडीबुटी तथा परम्परागत ज्ञानमा आधारित उपचार पद्धति भएको उल्लेख गर्दै रोगको पहिचान, रोकथाम तथा निदानात्मक उपचार सेवामा यसको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

    योगले जीवनशैलीजन्य रोग नियन्त्रणमा र ध्यानले मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

    ‘नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ’ उपराष्ट्रपति यादवले भने, ‘ यस मूलमर्म अनुरुप आधुनिक चिकित्सा प्रणालीसँगै आयुर्वेद, योग तथा ध्यानलाई प्रोत्साहन गर्ने सरकारी कदम सकारात्मक र दूरदर्शी छ। यसको लाभ सबैले लिन सक्नुपर्दछ। ’ 

    विश्वव्यापी महामारी, मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा जलवायु परिवर्तनजस्ता चुनौतीहरूको सामना गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए।

    उपराष्ट्रपति यादवले भने, ‘विद्यालय, समुदाय तथा कार्यस्थलमा योग तथा ध्यानलाई प्रोत्साहन गर्नुपर्ने र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दा आयुर्वेद र योगलाई प्राथमिकतामा राख्न सक्नुपर्दछ।’

    उनले आयुर्वेद, योग तथा ध्यानजस्तो महत्वपूर्ण विषयमा अन्तर्राष्ट्रिय संगोष्ठी आयोजनप्रति खुशी व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबै महानुभावलाई सफल सहभागिता र फलदायी छलफलको लागि शुभकामना समेत व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend