मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले थप्यो म्याद

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले थप्यो म्याद

images
२०८३ जेठ २१ गते, बिहिवार
२०८३ जेठ २१ गते, बिहिवार
  • काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक म्याद थपेको छ।

    images

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२ः०० बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो। यस अघि जेठ २१ गते (आज) सम्मका लागि अन्तिम म्याद तोकिएको थियो।

    images

    पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढिरहेको भन्दै अन्तिम पटक म्याद थप गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए।

    `पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२ः०० बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ।´ दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

    कांग्रेसले उक्त अवधिभित्र सदस्यता अद्यावधिक गर्न बाँकी सबैलाई अद्यावधिक गर्न पनि अनुरोध गरेको छ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend