मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय ५८ जनाको स्वास्थ्य परिक्षण

सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय ५८ जनाको स्वास्थ्य परिक्षण

images
२०८३ जेठ २१ गते, बिहिवार
२०८३ जेठ २१ गते, बिहिवार
  • भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका -८ सिपाडोल आयोजित निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ५८ जनाले स्वास्थ्य परिक्षण गराएका छन्।

    images

    सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को कार्यालय र सिपाडोल स्वास्थ्य चौकीको व्यवस्थापनमा बुधबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए।

    images

    वडाध्यक्ष पुष्पराज बस्नेतको विशेष पहलमा आयोजित शिविरमा स्थानीयले घरआँगनमै  विशेषज्ञ सेवा पाएकोमा खुसी प्रकट गरे। `दिगो विकास व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर´ भन्ने मूल नारालाई आत्मसाथ गर्दै  सो शिविर आयोजना गरिएको हो।

    वडाअध्यक्ष बस्नेतका अनुसार सो शिविरमा जम्मा दुई सय ५८ जनाको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको थियो।विभिन्न रोगका विशेषज्ञ सेवा तथा परीक्षणहरु निःशुल्क रुपमा उपलब्ध गराइएको शिविरमा १०२ जनाले जनरल मेडिसिन, ९० जनाले हाडजोर्नी तथा नशा, ७५ जनाले स्त्री रोग र ६० जनाले नाक कान घाँटीको उपचार गराएका थिए।

    त्यसैगरी ४१ जनाले आँखा रोग, ३५ जनाले शल्यक्रिया (सर्जरी) सेवा, ३० जनाले दन्त रोग र २० जनाले बाल रोग सेवा लिएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए।

    बिरामीहरुको रोग पहिचानका लागि शिविरमै निःशुल्क ल्याब परीक्षण, भिडियो एक्स-रे तथा ईसिजि सेवा पनि उपलब्ध गराइएको थियो। जसअन्तर्गत १०० जनाले भिडियो एक्स-रे, ८७ जनाले ल्याब सेवा र ६३ जनाले ईसिजि सेवा प्राप्त गरेका थिए।

    शिविरमा आएका बिरामीलाई औषधि समेत निःशुल्क वितरण गरिएको सिपाडोल स्वास्थ्य चौकीका इन्चार्ज पुष्पराज ठाकुरले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend