मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने विषयमा स्वास्थ्यमन्त्रीको चासो

सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने विषयमा स्वास्थ्यमन्त्रीको चासो

images
२०८३ जेठ २० गते, बुधवार
२०८३ जेठ २० गते, बुधवार
  • काठमाडौँ। सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत गर्ने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र संसद महावीर पुनबीच छलफल भएको छ।

    images

    राष्ट्रिय आविष्कार केन्द्रमार्फत सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत गर्ने विषयमा छलफल भएको हो।

    images

    सो क्रममा पुनले विगतमा पनि बिग्रिएका स्वास्थ्य उपकरणहरू मर्मत सम्भार गरी सञ्‍चालनमा ल्याइएको बताएका थिए भने मन्त्री मेहताले त्यस्ता उपकरण मर्मत गरि प्रयोगमा ल्याउन सरकार तयार रहेको बताएकी थिइन्। 

    यसअघि प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदासमेत सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत गर्न सम्झौता भएको थियो। सम्झौतापछि राष्ट्रिय आविष्कार केन्द्रमार्फत ती उपकरणहरु मर्मत गरि प्रयोगमा ल्याइएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend