मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रालयले माग्यो ९ संस्थामा रिक्त पदाधिकारी पदपूर्ति गर्न आवेदन

स्वास्थ्य मन्त्रालयले माग्यो ९ संस्थामा रिक्त पदाधिकारी पदपूर्ति गर्न आवेदन

images
२०८३ जेठ २० गते, बुधवार
२०८३ जेठ २० गते, बुधवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल र बोर्डमा गरि ९ संस्थामा रिक्त पदाधिकारीको पदपूर्तिका लागि आवेदन माग गरेको छ।

    images

    मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न परिषद्, अस्पताल र बोर्ड गरि ९ वटा सरकारी संस्थाहरूमा सम्बन्धित संस्थाको ऐन तथा नियमावलीमा उल्लेख भएको ब्यवस्था अनुसार पदाधिकारीका लागि आवेदन माग गरेको हो। 

    images

    प्रकाशित सूचना अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्का लागि अध्यक्ष, सदस्य र रजिष्ट्रारका लागि आव्दन माग गरिएको छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि अध्यक्ष, सदस्य र सदस्य सचिव पदका लागि आवेदन माग गरिएको छ भने नेपाल नर्सिङ परिषदका लागि अध्यक्ष उपाध्यक्ष सदस्य र रजिष्ट्रार पदमा आवेदन माग भएको छ।

    यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषदका लागि रिक्त अध्यक्ष र रजिष्ट्रार पदका लागि आवेदन मागिएको छ भने नेपाल फार्मेसी परिषदको अध्यक्ष, सदस्य र रजिष्ट्रार तथा
    नेपाल मेडिकल काउन्सिलको अध्यक्ष, सदस्य र रजिष्ट्रारका लागि आवेदन माग भएको छ।

    यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि सदस्य तथा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कार्यकारी निर्देशक र सदस्य पदमा आवेदन माग भएको छ।

    यसैगरी स्वास्थ्य बीमा बोर्डमा समेत रिक्त अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक पदका लागि आवेदन माग भएको छ।

    प्रकाशित सूचनामा उल्लेख भए अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले १० दिन भित्र सिंहदरबारस्थित मन्त्रालयमा आवेदन पेश गर्न भनिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend