काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता खुल्ला गरेको छ।
कांग्रेसले सोमबार एक प्रेस विज्ञप्ति मार्फत
नयाँ क्रियाशील सदस्यता खुल्ला गरिएको जनाएको हो।
कांग्रेसले स्वदेश तथा विदेशमा रगेका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले कांग्रेसको नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेवसाइट मार्फत् फाराम भर्न सकिने जनाएको छ।
`नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिवद्धताका साथ स्वदेश तथा विदेशमा रहनु भएका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेवसाइट मार्फत् सहज र सरल रुपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरिएको यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ।´ कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सोमबार पार्टीका महामन्त्री एवं नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले नयाँ सदस्यता खुल्ला गर्ने निर्णय गरेको थियो।



