काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजाललाई पदेन सदस्यका रुपमा काउन्सिलमा स्वागत गरेको छ।
काउन्सिलले संघका निवर्तमान अध्यक्ष तथा काउन्सिलका पदेन सदस्य डा. अनिल बिक्रम कार्कीलाई बिदाइ गर्दै नवनिर्वाचित अध्यक्ष डा. रिजाललाई पदेन सदस्यको रूपमा स्वागत गरेको हो।
डा. रिजाल संघको अध्यक्षमा गत बैशाखमा सम्पन्न निर्वाचन मार्फत निर्वाचित भएका थिए। उनले आइतबार चितवनमा आयोजना गरिएको कार्यक्रममार्फत अध्यक्षको जिम्मेवारी पएका थिए।
काउन्सिलमा संघको अध्यक्ष पदेन सदस्यको रुपमा रहने ब्यवस्था छ। काउन्सिलले नवनिर्वाचित अध्यक्ष डा. रिजललाई काउन्सिलमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएको हो।



